सहारा संवाददाता–––––––––––––––
कलैया, ०५ साउन ।
बारा प्रहरीले नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाहीस्थित सडक खण्डबाट नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सिम्रौनगढ नपा वडा नं. २ स्थित महुवाहीबाट नयकाटोलतर्फ अन टेस्ट मोटरसाइकलमा जांदै गरेको सिम्रौनगढ नपा वडा नं. २ महुवाही निवासी ३५ बर्षीय छठु गिरीलाई रोकेर चेकजाँच गर्दा गिरीको साथबाट नक्कली नोट बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रनाउ दधिराम न्यौपानेले जानकारी दिनु भयो ।
गिरीको साथबाट रु. ८५ हजार बराबरको नेपाली एक हजारका ८५ थान नक्कली नोट बरामद भएको प्रनाउ न्यौपानेले जानकारी दिनु भयो ।
नक्कली नोट बरामद भए पछि मोसा सहित गिरीलाई नियन्त्रणमा लिई खोटा मुद्रा सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइ रहेको प्रनाउ न्यौपानेले जानकारी दिनु भयो ।
नेपाली नक्कली नोट सहित एक पक्राउ
Facebook Comments Box