सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, ०५ साउन ।
नेपाल दलित मुक्ति संगठनका केन्द्रीय कमिटी सदस्य एवं कैलाली जिल्ला इन्चार्ज र नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य दिलबहादुर विश्वकर्माको निधनप्रति नेफाल दलित मुक्ति संगठनले शोक व्यत्त गरेको छ ।
नेपाल दलित मुक्ति संगठनले एक प्रेस बिज्ञप्ती मार्फत शोक ब्यक्त गरेको हो ।
संगठनका केन्द्रीय अध्यक्ष गणेश बहादुर बिश्वकर्माले जारी गरेको प्रेस बिज्ञप्तीमा दुःखको यस घडीमा कमरेड दिलबहादुर विश्वकर्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्न चाहन्छौं उल्लेख गरेका छन ।
श्रावण ४ गते विश्वकर्माको असमायिक निधन भएको थियो । कैलाली जिल्ला बर्दगोरया गाउपालिकाको मुढा बजारमा बसोवास गर्दै आएका लामो समयदेखि उपचाररत हुनुहुन्थ्यो ।
बिश्वकर्माको निधन प्रति मुक्ति संगठनद्धारा शोक ब्यत्त
Facebook Comments Box