सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ असार ।
सिद्धार्थ बैंक वीरगंज शाखामा भएको भिष्ण आगलागी नियन्त्रणमा आएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर मेनरोड स्थित रहेको बैंकको माथिल्लो तल्लाबाट शुरु भएको आगो बेलुकी करिव साढे ८ बजे नियन्त्रणमा आएको हो ।
बैंक भवनमा लागेको आगो वीरगंज महानगरपालिकाको वारुणयन्त्र सििहत नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीयको सहयोगमा करिव साढे ८ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रनाउ दिपक भारतीले जानकारी दिनु भयो ।
हाल सम्म विद्युत सर्ट भइ आगो लागेको प्रनाउ भारतीले बैंक कर्मचारीहरुलाई उद्दत गर्दै बताउनु भयो ।
उहाले बैंक कर्मचारीहरुसंग बुझ्दा विद्युत सर्ट भई आगो लागेको भन्ने कुरा छ भन्नु भयो ।
बैंकको माथिल्लो तल्लाहरुमा आगो लागेकाले पहिलो तल्लामा रहेको नगद काउण्टर लगायतका शाखाहरुमा कुनै किसिमको क्षती नभएको कर्मचारीहरुलाई उद्दत गर्दै प्रनाउ भारतीले बताउनु भयो ।
उहाले आगलागीबाट नगद रकम क्षती भएको भन्ने छैन, माथिल्लो तल्लाहरुमा उपकरणहरु भने जलेर नष्ट भएको भएपनि यकिन विवरण नआएकोले अहिले भन्न नसकिने बताउनु भयो ।
आगलागीका कारण र क्षती बारे अनुसन्धान एवं अध्ययन गरेर मात्र भन्न सकिने प्रनाउ भारतीले बताउनु भयो ।
Facebook Comments Box