सहारा संवाददाता–––––––––––––––
वीरगंज, १७ असार ।
पर्सा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी इनर्वाबाट खटिएको चेकिङ टोलीले वीरगंज महानगरपालिका वडा नं.१६ शंकरचार्य गेट स्थितबाट लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको हो ।
चेकिङ टोलीले नियमित चेकजांच गर्ने क्रममा कालो प्लाष्टिकको झोला साथमा लिई संकास्पदरूपमा भारततर्फ जांदै गरेको भारत बिहार राज्य पुर्वी चम्पारण जिल्ला मोतिहारी थाना दरपा पंचायत रामपुर वडा नं. ६ को ६० वर्षीय श्याम विहारी साहलाई रोकेर खानतलासी गर्दा निजले बोकेको कालो प्लाष्टिकको झोला भित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागु औषध गाँजा १ किलो २५० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
लागु औषध फेला परे पछि साहलाई नियन्त्रणमा लिइ सम्मानित जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box