सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ जेठ ।
वीरगंज महानगरपालिकाले नगर क्षेत्रमा अनुमति विना संचालित विभिन्न ५ विद्यालयमा मंगलबार सिलबन्दी गरेको छ ।
वीरगंज महानगरपालिकाको शिक्षा समितिको अनुगमन टोलीले अनुमति विना संचालित विभिन्न ५ विद्यालयमा सिलबन्दी गरेको हो ।
सिजी एजुकेशनद्वारा संचालित दिल्ली पब्लिक स्कुलको पूर्व प्राथमिक तह (मन्टेश्वरी) कक्षा निनोस वीरगंजको नामबाट वीमनपा वडा नं. १२ मुर्ली बगैचामा अनुमति बिना संचालन रहेको पाइएकाले सिलबन्दी गरिएको छ ।
त्यसै गरी वीरगंज महानगरपालिका वडा नं. २६ सुगौलीमा २०५७ सालदेखि अबैध रुपमा संचालन गरिरहेको सिटिजन पब्लिक स्कुल र २०७५ देखि संचालित ए.एस. नलेज एकेडेमीमा सिलबन्दी गरिएको वीमनपाले जनाएको छ ।
त्यस्तै वडा नं. १८ भवानीपुरमा संचालित सुरज एकेडेमी र अनुमति भन्दा बढी कक्षा संचालन गरेको बुद्ध एकेडेमीमा पनि सिलबन्दी गरिएको जनाएको छ ।
वीरगंज महानगरपालिका शिक्षा समितिको अनुगमन समितिका संयोजक ईश्वरचन्द्र यादव, महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछाने, नगरप्रमुख सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयााल लगायत सहभागी अनुगमन टोलीले अबैधरुपमा संचालित विद्यालयहरुमा सिलबन्दी गरिएको हो ।
Facebook Comments Box