spot_img
Homeप्रमुख समाचारस्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमनः अस्पतालको समस्याहरुको सुची लिएर मन्त्रालय आउन...

स्वास्थ्य मन्त्री यादवद्वारा नारायणी अस्पतालको अनुगमनः अस्पतालको समस्याहरुको सुची लिएर मन्त्रालय आउन निर्दैशन

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ जेठ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले केही स्वार्थी व्यक्तिले मुद्दा दिएका कारण नारायणी अस्पताल वीरगंजको भवन निर्माण प्रकृया अघि नबढेको बताउनु भएको छ ।
स्वास्थ्य मन्क्री नियुत्त भए पछि पहिलो पटक गृहनगरको नारायणी अस्पताल वीरगंजको अनुगमन गर्न आउनु भएका मन्त्री यादवले विरामी तथा अस्पतालका मेसु लगायतबाट आएको गुनासो बारे प्रतिकृया दिंदै यस्तो बताउनु भएको हो ।
उहाले अस्पतालको भवन सम्बन्धि अदालतमा विचाराधिन रहेको मुद्दा फास्ट ट्रयाकबाट सम्बोधन गर्न लागिपरेको बताउदै प्रधानमन्त्री र कानुन मन्त्रीसंग आग्रह गरेको बताउनु भयो ।
मन्त्री यादवले अस्पतालको पूर्वाधार विकास देखि औषधि उपकरण खरिदका लागि पनि आफूले मन्त्रालयबाट विभिन्न प्याकेजहरू घोषणा गरेको जानकारी दिनु भयो ।
उहाले समग्र देशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि पूर्व स्वास्थ्य मन्त्रीसंग सहकार्य गर्दै विज्ञहरूको सुझाव अनुसार काम गरिरहेको बताउनु भयो ।
सो अवसरमा मन्त्री यादवले मेसु डा. एनामुल हकलाई अस्पतालका विद्यमान समस्याहरूको सूची तयार पारेर छिटै मन्त्रालय आउन निर्देशन पनि दिनु भयो ।
उहाले मेसुलाई समस्याहरूको सूचीसंगै तत्कालै, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको एउटा रिपोर्ट तयार पारेर मन्त्रालय आउनुस बजेट व्यवस्थापन मेरो जिम्मामा छ । के गर्नुपर्छ गर्छु तर नारायणी अस्पतालमा सुधार हुन्छ भन्नु भयो ।
मंगलवार मन्त्री यादवले नारायणी अस्पताल वीरगंजको ओपिडी, फार्मेसी, पोस्टअप, ल्याब लगायत अनुगमन गर्दै उपचाररत बिरामी र कुरुवासंग समेत कुराकानी गर्नु भयो ।
कुराकानीका क्रममा मन्त्री यादवले बिरामी र कुरुवाहरुसंग उपचार, चिकित्सक र स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार, औषधीको उपलब्द्धता र अस्पतालमा उपलब्ध अन्य सेवाको गुणस्तरका बारेमा जानकारी लिनु भयो ।
सो क्रममा बिरामीहरूले अस्पतालको फार्मेसीमा सबै प्रकारका औषधी उपलब्ध नरहेको, ओपिडी टिकट काट्ने काउन्टरमा बढी भिडभाड रहेको, चिकित्सकहरू ओपिडीमा पर्याप्त समय नदिएको गुनासो गरेका थिए ।
बिरामी तथा कुरुवाहरुको गुनासोलाई यथाशीघ्र सम्बोधन गर्न मन्त्री यादवले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हकलाई निर्देशन दिंदै फार्मेसीमा औषधीको व्यवस्थापनका लागि मन्त्रालयसंग बजेट माग गर्न र ओपिडी सेवाका लागि आउनुहुने बिरामीको सहजताका लागी टिकट काउन्टर थप्नुको साथै वातानुकूलित बनाउन पनि निर्देशन दिनु भयो ।
अनुगमन पछि मन्त्री यादवले अस्पताल विकास समितिका सदस्य, मेसु, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरूसंग गरेको छलफलका क्रममा मेसु डा. हकले अस्पतालको भवन पुरानो तथा अधिकांश भवनहरूको अवस्था जर्जर रहेकाले वर्षायाममा पानी चुहिंदा बिरामीहरूको उपचारमा कठिनाइ हुने गरेको बताउनु भयो ।
डा. हकले नारायणी अस्पताल ३५० बेडमा स्तरोन्नति भएको वर्षौ बितिसक्दा पनि कर्मचारी दरबन्दी सय बेड अनुसार कै रहेको जानकारी गराउदै दरबन्दी नहुंदा जनशक्ति अभाव छ । हामीले अपेक्षित ढंगबाट सेवा प्रवाह गर्न नसकेको गुनासो व्यक्त गर्नु भयो ।
मेसु हकले बेड अनुसारको दरबन्दी कायम गर्न, क्वाटर, मेसिनरी र अन्य पूर्वाधार अभाव लगायतका समस्या बारे मन्त्री यादवले ध्यानाकर्षण गराउनु भयो ।
अनुगमनमा सहभागी वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नारायणी अस्पतालको स्तरोन्नतिलाई आफ्नो प्रमुख एजेण्डा बनाएर काम गर्न मन्त्री यादवसंग आग्रह गर्नु भयो ।
सो अवसरमा मेयर सिंहले कर्मचारी क्वाटर निर्माणका लागि जग्गा उपलब्ध गराउने घोषणा पनि गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -