सहारा दैनिक

spot_img
Homeसमाचारहिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी–उपप्रधानमन्त्री श्रेष्ठ

हिन्दी भाषा जनस्तरको सम्बन्ध जोड्ने कडी–उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ, २७ जेठ (रासस)
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हिन्दी भाषा तथा साहित्यले नेपाल र भारतबीच जनस्तरमा सम्बन्ध प्रगाढ बनाउने कार्य गरेकाले यसको प्रवर्द्धन आवश्यक भएको बताउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय हिन्दी विभागको आयोजनामा आजदेखि त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुरु भएको “दुईदिने विश्व परिवेशमा नेपाल र भारतका सामाजिक परिवर्तन” विषयक गोष्ठीमा परराष्ट्रमन्त्री श्रेष्ठले दक्षिण एसियाले विश्व जनसंख्याको उल्लेख्य हिस्सा ओगट्ने भएकाले नेपाल र भारतसहितका दक्षिण एसियाको आवाज अब विश्व मञ्चमा विशेष अर्थ राख्ने दिन आएको धारणा राख्नुभयो । भौगोलिक र आर्थिक मात्र नभई सांस्कृतिक तथा पारिवारिक सम्बन्धले जोडिएका नेपाल र भारतको सम्बन्धलाई हिन्दी भाषाको अध्ययन–अध्यापनले थप गाढा बनाएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सांसद अमरेशकुमार सिंहले साहित्य, भाषा र कला एउटा देशको सीमाभित्र साँघुरिएर रहने बताउनुभयो । राजनीतिक र भौगोलक कारण सीमा तोकिए पनि साहित्यले कुनै पनि सम्बन्धित भाषालाई विश्वस्तरमा पुर्‍याउन विशेष योगदान दिने उहाँले बताउनुभयो ।
त्रिवि हिन्दी केन्द्रीय विभागका प्रमुख सञ्जिता बर्माले विद्यार्थी पाउने सम्भावना भए पनि स्नातकमा हिन्दी पढेकै हुनुपर्ने नियमका कारण हिन्दी पढ्न खोज्ने कैयौँ विद्यार्थीले यो भाषा पढ्नबाट वञ्चित हुनुपरेको बताउनुभयो । विभागको आफ्नै भवनलगायत न्यूनतम पूर्वाधार हालसम्म प्राप्त गर्न नसकिरहको उहाँले गुनासो गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले हिन्दी भाषाका करिब आधा दर्जन कृति विमोचन गर्नुभएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -