सहारा संवाददाता–––––––––––––––
वीरगंज, २७ जेठ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
प्र.सि.सु.गुल्म वीरगंजबाट सप्रनाउ सुरज रिजालको कमाण्डमा खटीएको चेकप्वाइन्ट टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ भन्सार मेनगेट ईलाका नजिकैबाट भा.रु. १ लाख ५० हजार ५ सय नगद सहित भारतीय नम्बरको कार तथा चालकलाई पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपालतर्फ आउदै गरेको द्यच् ३८ त्त ४५७२ नं.को मारुति सुजुकी कारलाई शंका लागेर रोमेर चेकजाँच गर्दा डिकीमा रजनिगन्धा को खोल भित्र लुकाई छिपाई राखेको अवस्थामा भा.रु. ५ सय दरको नोट ३०१ थान (भा.रु. १ लाख ५० हजार ५ सय) श्रोत नखुलेको रकम फेला परेको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
उक्त श्रोत नखुलेको प्रतिबन्धित पाँच सय दरको भारतीय रुपैया फेला परे पछि कारमा सवार एक भारतिय नागरिकलाई समेत कार सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साले जनाएको छ ।
नगद भारतीय प्रतिबन्धित नोटको नेपाली रु. २ लाख ४० हजार ८ सय र कारको रु. १० लाख ५० हजार मुल्यांकन गरी भन्सार कार्यालयमा बुझाइएको जनाएको छ ।
प्रतिबन्धित भारतीय रकम सहित एक पक्राउ
Facebook Comments Box