सहारा संवाददाता––––––––––––––––
जनकपुरधाम, २१ बैशाख ।
विभिन्न राजनितिक दलका नेताहरुले मटीहानीको जरलहवा टोलका आगलागी पिडितहरुको लागी प्रदेश सरकारबाट विशेष राहत माग गरेका छन ।
नेताहरुले शुक्रवार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेंट गरी आगलागीबाट पूर्णतः जलेको मटीहानीको जरलहवा टोलका जनताका लागि प्रदेश सरकारबाट विशेष राहत सहयोगको मांग गरेका हुन ।
तराई–मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली कांग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली कांग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैद्यनाथ साह सहितको प्रतिनिधि मण्डलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसंग भेट गरी पुनः बसोबासको अहिलेसम्म कुनै व्यवस्था नभएको र जनता बिचल्लीमा रहेको बारे ध्यानाकर्षण गराएका छन ।
मुख्यमन्त्री समक्ष नेताहरुले एक द्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिएको खबरप्रति समेत बिरोध प्रकट गरेका छन ।
नेताहरुले प्रशासन, स्थानीय सरकार, प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटको निमित्त यस्तो गर्नु नहुने, राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने बारे समेत मुख्यमन्त्रीलाई सचेत गराएका छन ।
गत बैशाख १२ गते सो मटिहानीमा आगलागी भई करीब १५० घर परिवारको विचल्ली भएको छ ।
नेताहरुका प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको निमित्त बसोबास लगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत–सहयोगको घोषणा नगरेकोमा क्षोभ समेत प्रकट गर्दै यथाशिघ्र कदम चाल्न मांग गरेका छन ।
सो अवसरमा प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह झरेर दैनिक उपयोग र पेयजलको आभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका छन ।
यस क्षेत्रमा तत्काल अग्रसरता र पेयजलको आपूर्ति गर्नुका साथै भूमिगत जलको रिचार्जिङ्गमा आइरहेको खठिनाई, चुरे भावरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउादै भूमिगत जलको रिचार्जिङ्गको निमित्त अल्पकालिन/दिर्घकालिन परियोजना संचालन गर्न पनि नेताहरुले आग्रह गरेका छन ।
मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रतिनिधि मण्डलले यसलाई तत्काल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन पनि मुख्यमन्त्रीसंग अनुरोध गरेका छन ।
Facebook Comments Box