सहारा संवाददाता–––––––––––––––
काठमाण्डौं, २१ बैशाख ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको आरोप लगाएकी छिन ।
राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसंगको सहकार्यमा आयोजना गरेको “लैंगिक उत्तरदायी बजेट तथा यौन तथा तथा प्रजनन स्वास्थ्य अधिकारको फ्रवर्द्धनका लागि सांसदहरूसंगको अन्तरक्रिया कार्यत्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो आरोप लगाएकी हुन ।
लैंगिक उत्तरदायी बजेट निर्माण प्रक्रियाका सन्दर्भमा राजनीतिक नेताहरूले केही गरौं भनेर काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट त्यति सहयोग प्राप्त नगरेको उनको भनाई थियो । “हामी राजनीतिक नेताहरूले नेतृत्वमा हुंदा केही गरौं भनेर योजना बनाएर अगाडि बढौं । जनताको आशा जगाउने र फरक खालको नतिजा दिने गरी काम गर्नुपर्छ भनेर लाग्दै आएका छौं” भन्दै मन्त्री चौधरीले “हामीलाई हाम्रा पार्टीका नेतृत्वले पनि निर्देशित गर्नुहुन्छ । हामीमा पनि केही गरौं भन्ने जोस जांगर हुन्छ । तर उहाहरूले खाली नियम कानून तेर्स्याएर यो त हुंदैन भन्नुहुन्छ भनिन ।”
औचित्य साबित गरौं भन्ने कुरा आउने गरेको भन्दै उनले उक्त सन्दर्भमा संवेदनशील बन्न नसकेको समेत बताउइन । औचित्य साबित गरेर काम गर्नुपर्छ भन्ने कुरा आउने गरेको भन्दै उनले त्यसो हो भने औचित्य साबित गरेर भए पनि काम गर्नुपर्ने बताइन ।
कर्मचारी पनि एउटा समाजबाट आएको हुनाले मुलुक र जनता सम्झेर काम गर्नुपर्ने भन्दै मन्त्री चौधरीले त्यसो भए औचित्य साबित गरौं न त । पालिकासंग कमिटमेन्ट लेटर मागौं । उसले दिन्छ नि त आफ्नो प्रतिबद्धता । त्यति भन्दा पनि कम्पोजिशनहरू अलि सिन्सियर छैन भनिन । लोकसेवा लडेर परीक्षा लेखेर आयो भन्दैमा फरक हौं भन्ने हामीले बुझ्नु हुंदैन भन्दै उनले हामी पनि त्यही समुदायको, त्यही समाजको हो भनेर भुल्नु हुंदैन । किनभने हामी पनि त्यहींबाट आएका हौं भनिन ।
मन्क्री चौधरीले न्यून बजेटको कार्यत्रममा पनि समस्या देखाउने प्रवृत्ति रहेको बताउदै त्यति कम बजेटमा पनि त्यसरी अप्ठ्यारो पारिन्छ । त्यो भनेको काम गर्न नचाहेको हो नि त । यो चिजमा पनि हामीले कसरी तालमेल मिलाउन सकिन्छ । यसमा पनि हामी जोड बलले लाग्न आवश्यक छ जस्तो लाग्छ उनको भनाइ छ ।
राज्यको स्थायी सरकार कर्मचारी भएको भन्दै उनले राजनीतिक नेतृत्व आउने जाने अवस्था भए पनि काम गर्न चाहनेलाई कर्मचारीले सहयोग गर्नुपर्ने बताइन । हामीले मुलुकको विकास गर्ने । जनता र देशको पक्षमा काम गर्ने कुरालाई सबैले प्राथमिकतामा राख्नुपर्यो । हामी सबै नेपालको जनता भएकाले सबै (राजनीतिक नेतृत्व र कर्मचारी)ले बराबर प्रतिबद्धता गर्नुपर्छ भनिन ।
गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा मन्त्रालयको बजेट सिलिङ घटेको भन्दै उनले बजेटका लिमिटेशनका कारण पनि चाहेको कामहरू गर्न कठिनाइ भएको बताउदै मन्त्री चौधरीले हाम्रो मन्त्रालयसंग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू मात्रै ३/४ वटा रहेका छन् । तर हाम्रो मन्त्रालयसंग बजेट कम छ । तपाईं हामीले पनि बजेटका लिमिटेशनहरू हामीले बुझ्दैनौं भनिन ।
विगतमा भन्दा अहिले महिलाहरूले आफ्नो स्वास्थ्यलाई ख्याल गर्ने कार्य बढ्दै गएको भन्दै उनले बच्चा जन्माउने संख्या पनि कम हुंदै गएको बताइन । तर अझै पनि मातृ मृत्युदर भने अहिले पनि निमिट्यान्न हुन नसकेको भन्दै अझै पनि ग्रामीण क्षेत्रमा एड्भोकेसी पुग्न नसकेको बताइन ।
सामाजिक, सांस्कृतिक, धार्मिक मूल्यमान्यताको कारणले अहिले पनि समस्या रहेको भन्दै उनले प्रजनन स्वास्थ्यको ख्याल गर्न नसक्दा महिलाले समस्या भोग्दै आएको बताउदै जोखिममा परेका गर्भवती महिलाहरूका निम्ति राष्ट्रपति महिला उद्धार कार्यक्रम सञ्चालन हुंदै आएको, कुरीति विरुद्धको अभियानहरू पनि सञ्चालन गर्दै आएको बताइन ।
नयां बजेटमा छोरी आत्मनिर्भर कार्यक्रम ल्याउने तयारी गरिएको भन्दै उहांले यसलाई ३/४ वर्षको ग्रेस पिरियड दिएर सञ्चालन गरिने जानकारी दिइन । उनले अहिले लघुवित्त, सहकारीको समस्या आयो । किनभने, ऋण लिने बित्तिकै उसले रिन तिर्न सक्दैन । किनभने उसको उत्पादन नै सुरु भइसकेको हुंदैन, यसलाई वडामार्फत सञ्चालन गरौं भनेका छौं । किनभने डेलिभरी दिने स्थानीय निकाय त भाग्दैन नि त । त्यसैले स्थानीय तहमार्फत काम गरौं भनेका छौं । जो प्याकेजमै कार्यक्रम हुने बताइन ।
मुलुकको लक्षित वर्ग गरिब, सीमान्तकृत समुदाय नै भएको कुरा भुल्न नहुने भन्दै मन्त्री चौधरीले मन्त्रालय, सरकारलाई पनि सुझाव दिने गरी कार्यक्रमबाट निष्कर्ष निकाल्न आग्रह गरिन ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधि सभा स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साह, राष्ट्रिय सभाका सदस्य तथा समितिका सदस्य गोपीबहादुर सार्की अछामी, संविधानसभाका सदस्य तथा जनसंख्या र विकासका लागि सांसदहरूको राष्ट्रिय मञ्चका महासचिव अध्यक्ष डा.भीष्मनाथ अधिकारीले राष्ट्र निर्माण कसरी गर्ने भनेर सोच्न नसकेको र राज्यलाई उत्पादनमा लगाउन नसकेकै कारणले मुलुकले यो नियति भोग्दै आएको बताएका छन । गरिबीको रेखाबाट माथि उठ्न सकेमा मात्र अहिले महिला, बालबालिकाहरूले भोग्दै आएको उत्पीडन घट्ने उनीहरूको भनाई थियो ।
असक्षम, कमजोर र निर्बलहरूका निम्ति राज्य चाहिने भन्दै ती वर्गका निम्ति कार्यक्रम, बजेटहरू ल्याइनुपर्ने भन्दै ऊनीहरूले महिला केन्द्रित कार्यक्रम, विकास र सशत्तीकरणका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन ।
सो अवसरमा युएनएफपिए नेपाल कार्यालयका प्रतिनिधि योङ होङले लैंगिक मुद्दा केबल महिलाको मुद्दा मात्रै नभएको भन्दै आधारभूत रूपमा कसरी सेवा दिने भन्ने चाहना नै भएको बताए । अहिले पनि महिलाहरू हेल्प पोस्टसम्म जान नपाउने अवस्था रहेको भन्दै उनले यी अवस्थाहरूमा परिवर्तन ल्याउन सांसदहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।
Facebook Comments Box