सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ चैत्र ।
होली पर्वलाई सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले मनाउन जिल्ला प्रहरी कार्यालय पर्साले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कर्यालय पर्साले बुधवार एक सुचना प्रकासित गरी आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तहरूसंग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृंखल क्रियाकलाप नगर्न पनि आग्रह गरेको छ ।
जारी सुचनामा अपरिचित मानिसहरूको समुहमा होली नखेलौं, कसैको ईच्छा विपरीत रंग, लोला, मोसो, केमिकल र फोहोर पानी नलगाउन/नछ्याप्न आग्रह गरेको छ ।
नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानून बमोजिम कारवाही समेत सुचना मार्फत जानकारी गराउदै जिप्रकाले होली खेल्ने ठाउमा महंगा गरगहना लगाएर नजान, अपरिचित मानिसले दिएको कुनै पनि खानेकुरा नखान, ट्राफिक नियमको पुर्ण रूपले पालना गरी आफु र अरूलाई पनि बचाउन सुचना मार्फत आग्रह गरेको छ ।
मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलउन, अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक तथा पर्यटकहरूलाई कुनै पनि प्रकारका दुर्व्यवहार नगन, रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, ध्वनी प्रदुषण हुने गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरी चर्को आवाजमा म्व् को प्रयोग नगनं पनि आग्रह गरेको छ ।
भिडभाड हुने स्थानमा पकेटमारी, लुटपाट तथा क्लबतअजष्लन जस्ता घटना बढी हुने हुंदा सावधान रहन सुचना मार्फत आग्रह गर्दै जिप्रकाले कुनै पनि अपराधिक गतिबिधी हुन लागेको वा भएको थाहा भएमा तुरुन्त नेपाल प्रहरीको हटलाईन नं. १०० वा नजिकको प्रहरी कार्यालयहरूमा फोन गर्न आग्रह गरेको छ ।
Facebook Comments Box