सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ चैत्र ।
वीरगंजको अतिसुरक्षित मानिएको एरिया आदर्शनगरमा गए राती डकैती भएको समाचार बुझिन आएको छ ।
प्राप्त समाचार अनुसार वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगर नगरशभागृह नजिकै रहेको संजय टिवडेवाल (पेडा)को घरमा गए राती १ बजे डकैती भएको हो ।
टिवडेवाल धार्मिक भ्रमणमा भारत गएको र घरमा एक वृद्धा सहित दुई महिला मात्र रहेको अवस्थामा बिहिवार बिहान (राती) १ बजे आएको हतियारधारी समुहले लुटपाट गरेको स्थानीयले जनाएका छन ।
लुटपाट गर्ने समुहले टिवडेवालको घरमा तल बस्ने वृद्ध महिलालाई बन्धक बनाएर माथि (विच)को फ्ल्याटमा बस्ने टिवडेलाकी श्रीमतीलाई औषधी (स्प्रे) प्रयोग गरेर बेहोस बनाएर लुटपाट गरेको पिडितलाई उद्दत गर्दै एक स्थानीय छिमेकीले बताएका छन ।
स्थानीयका अनुसार लुटेरा समुहले टिवडेवालको घरबाट गरगहना र नगद गरी अन्दाजी एक करोड भन्दा बढिको धनमाल लुटपाट गरेका छन ।
सो क्षेत्रमा राती ११ बजे पछि ट्रान्सपोर्टहरुको मालबाहक सवारी साधनहरु ओहोर–दोहोर तथा लोडि·/अनलोडि· हुने गरेको र लुटपाट भएको टिवडेवालको घर अगाडि गाडि मर्मत गर्ने एक कारखाना रहेकोले राती लुटेराहरुले घरमा लुटपाट गर्दा पनि छरछिमेकले चाल नपाएको स्थानीयहरु बताउछन ।
घटना बारे खबर गरे पछि विहिवार विहान पुगेका प्रहरीले घटना स्थलको मुचुलका गरी गएको स्थानीयहरुले जनाएका छन ।
आदर्शनगर रंगशाला छेउमै प्रहरी चौकी रहेको छ भने सो क्षेत्रमा प्रहरीको कडा निगरानी रहने गरेको बताइन्छ ।
यस सम्बन्धमा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रनि पुष्कर बोगटीले टिवडेवालको घरमा चोरी भएको बताउनु भयो । प्रनि बोगटीले घरमा लोग्ने मानिस नभएकोले के कति चोरी भएको यकिन भन्न नसकिने बताउनु भयो ।
Facebook Comments Box