सहारा दैनिक

spot_img
Homeदेशमधेशअमेरिकन पेस्तोल सहित दुई भारतीय डांका पक्राउ

अमेरिकन पेस्तोल सहित दुई भारतीय डांका पक्राउ

सहारा संवाददाता–––––––––––––––
मलंगवा, ०६ चैत्र ।
सर्लाही प्रहरीले विदेशी पेस्तोल सहित दुई जना डांकालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त टोलीले अमेरिकन पेस्तोल सहित दुई जना भारतीय डांकालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले बरहथवा नगरपालिका वडा नं. ६ मगर टोलबाट डांकाहरु भारतीय बिहार प्रदेश सितामढी जिल्ला थाना सैयाराग्राम बस्ने लक्ष्मन सिंहको अंदाजी २८ वर्षीय छोरा सन्नी कुमार सिंह र मोतिहारी गंगा पिपरा बस्ने अशोक राउतको अंदाजी २४ वर्षीय छोरा जितेन्द्र कुमार राउतलाई पक्राउ गरेको जिप्रका सर्लाहीले जनाएको छ ।
उनीरुको डेरा खानतलासी गर्दा जितेन्द्र कुमार राउतले आफ्नो साथमा रहेको नाइन एमएम अटो पिस्टल मेड इन युएसए लेखेको पेस्तोलबाट १ राउण्ड गोली फायर गरेको, निजहरु सहित पेस्तोल १ थान, म्यागजिम १ थान, गोली ६ राउण्ड र फायर भएको खोखा १ थान सहित उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाले जनाएको छ ।
नियन्त्रणमा लिइ थप अनुसन्धानको लागी उनीहरुलाई जिप्रका सर्लाही लैजाने क्रममा सर्लाही जिल्ला बसबरिया गापा वडा नं. ६ पोखरियाबाट अगाडि मलंगवा तर्फको बाटोमा गाडिबाट झाग्ने क्रममा जितेन्द्रलाई नियन्त्रणमा लिने त्रममा प्रहरीले फायर खोल्दा निजको बायां घुडा र दाहिने तिघ्रामा गोली लागेर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते जितेन्द्रको प्रादेशिक अस्पताल मलंगवामा प्राथमिक उपचार गराइ थप उपचारको लागी जनकपुर लगिएको जिप्रकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रनाउ दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -