सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ फागुन ।
छोराको हत्या गरेको आशंकामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. १२ मुर्ली निवासी शम्भु महतो धानुक र निजकी श्रीमती सविता देवीलाई छोराको हत्या गरेको आशंकामा पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा धानुकको १२ वर्षीय छोरा दिलिप मण्डलको शव निकालेर परिक्षणका लागी नारायणी अस्पताल वीरगंजमा पठाएको र अनुसन्धानको लागी मृतकका बुवाआमालाई पक्राउ गरेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना सुचना आए पछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रनाउ थापाले बताउनुभयो ।
घटनाबारे थप अनुसन्धानका क्रममा मृतक बालकका बाबुआमासंग सोधपुछ गरिरहेको उहाले बताउनु भयो ।
Facebook Comments Box