सहारा संवाददाता–––––––––––––––
वीरगंज, २५ फागुन ।
बसभित्र यात्रुलाई नशालु पदार्थ खुवाई चोरी गर्ने एक भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
बारा जिल्ला आदर्श कोतवाल गाउपालिका वडा नं. ८ निवासी उपेन्द्र मुखियालाई नारायणघाटबाट वीरगंजतर्फ आउने क्रममा बसमा मिठाई र बिस्कुट खुवाई बेहोस पारेर चोरी गरेको आरोपमा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बुधवार दिउसो बारा जिल्ला आदर्श कोतवाल गाउपालिका वडा नं. ८ बस्ने मुखियालाई नारायणघाटबाट वीरगंजतर्फ आउने बसमा अपरिचीत पुरुष व्यक्तीले मिठाई र बिस्कुट खुवाई बेहोस पारेर मुखियासंग रहेको नगद रु. ४१ हजार ५ सय र मोबाईल १ थान चोरी गरी वीरगंज बसपार्कबाट फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा वीरगंज महानगरपालिका वडा नं. १६ भानुचोकबाट चोरी गर्ने भारत बिहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना जोगापट्टी ग्राम मछरगाव वडा नं. २ बस्ने बर्ष २७ को अखिलेश कुमार साहलाई
पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएको साहलाई खानतलासी गर्दा चोरी गरेको मध्ये नगद रु. ३७ हजार ४ सय १० र चोरी भएको मोबाईल फेला परेको जिप्रकाले जनाएको छ ।
साहलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा म्याद लिई अनुसन्धान गरिरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
Facebook Comments Box