चितवन, २१ फागुन (रासस)
दुई किलो ३) ग्राम अफिमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालीकोटको पचालझरना गाउँपालिका–५ बस्ने ४) वर्षीय केशव बम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी बमलाई सार्वजनिक गरेको हो । कार्यालयका प्रवक्ता श्रीराम भण्डारीका अनुसार बमलाई आइतबार साँझ भरतपुर महानगरपालिका–१) चौबिसकोठीबाट पक्राउ गरिएको हो । पक्राउ परेका उनका साथबाट रु दुई लाख १६ हजार पाँच सय नगद बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
कार्यालयले ३२ थान हराएका मोबाइल खोजतलास गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । विभिन्न ब्रान्डका ती मोबाइल अर्कैले प्रयोग गरेको अवस्थामा भेटेर वास्तविक धनीलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box