spot_img
Homeदेशमधेशकरोडौं क्षतिपुर्तीको माग सहित उद्योग विभागमा उजुरीः मितलको स्वीट मार्ट फुड प्रा.लि....

करोडौं क्षतिपुर्तीको माग सहित उद्योग विभागमा उजुरीः मितलको स्वीट मार्ट फुड प्रा.लि. विरुद्ध कारवाही सुरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ फागुन ।
ट्रेड मार्क नक्कल गरी चुइगम उत्पादन गरेको भन्दै शंकर लाल मितल संचालक रहेको स्वीट मार्ट फुड प्रा.लि. वीरगंज उपर कारवाही सुरु भएको छ ।
सुजल फुड्स प्रा.लि. पोखराको उजुरीको आधारमा उद्योग विभागले ७ दिनको म्याद दिएर स्वीट मार्ट फुड प्रा.लि.लाई उपस्थित हुन म्याद जारी गरिएको समाचार बुझिन आएको छ ।
सुजल फुड्स प्रा.लि. पोखराले उद्योग विभागमा दिएको उजुरीमा आफ्नो भ्ऋीब्क्ष्च्क् र द्यग्द्यद्यीभ् ाग्ल् नामक ट्रेड मार्कको नक्कल गरी स्वीट मार्ट फुड प्रा.लि.ले उत्पादन गरेकोले हदै सम्मको कारवाहीको साथै रकोडौं रुपैया क्षतिपुर्ती समेत माग गरेको बुझिन आएको छ ।
मितलको स्वीट मार्ट फुड प्रा.लि.बाट क्षतिपुर्ती वापत एक ब्राण्डको मात्रै क्षतिपुर्ती वापत ४ करोड ७७ लाख ८७ हजार ८ सय ४० रुपैया सुजल फुड्स प्रा.लि.ले माग दावी गरेको छ ।
सुजल फुड्स प्रा.लि. को उजुरीको आधारमा मितलको स्वीट मार्ट फुड प्रा.लि.मा उद्योग विभागले मंगलवार सुचना समेत टांस गरेको बुझिन आएको छ ।
मितलले आफ्नो स्वीट मार्ट फुड प्रा.लि. मार्फत बहुराष्ट्रिय कम्पनीको उत्पादित सेन्टर फ्रुट नामक ब्राण्डको पनि नक्कल गरी चुइगम उत्पादन गर्दै आएको समाचार यस अघि पनि सार्वजनिक भइसकेको छ ।
यसरी मितलले पटक–पटक अर्काको ब्राण्ड चोरी गरी गुणस्तरहिन एवं नक्कली चुइगम/चकलेट उत्पादन गरी बालबालिकाको स्वास्थ्य संग खेलवाड गर्दै आएका छन ।
मितलले स्वीट मार्ट फुड प्रा.लि. मार्फत नक्कली र गुणस्तरहिन उत्पादन गरी रहेको प्रमाण सहित समाचार सार्वजनिक हुनुको साथै सम्बध निकायमा निज विरुद्ध उजुरी पर्दा पनि हाल सम्म कुनै किसिमको आरवाही भएको देखिंदैन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -