काठमाडौँ, १९ फागुन (रासस)
औषधि व्यवस्था विभागले तीन वटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले ती औषधिको बिक्रीवितरणमा रोक लगाएको बताउनुभयो ।
उहाँका अनुसार लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित “मेट्रो सस्पेन्सन” नामक मेट्रोनिडाजोल २०० एमजी र “हेल्माप्रेन” नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित “मेट्रो पी” नामक मेट्रोनिडाजोल २०० एमजीको औषधिमा न्यून गुणस्तर पाइएको हो ।
उहाँले ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो ।
Facebook Comments Box