सहारा दैनिक

spot_img
Homeदेशमधेशनलकटुवा पेस्तोल सहित दुई पक्राउ

नलकटुवा पेस्तोल सहित दुई पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० फागुन ।
पर्सा प्रहरीले अवैध हतियार सहित दुई जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधवार साढे १० बजे राती बहुदरमाई न.पा. वडा नं.९ स्थित सडकखण्डबाट अवैध हतियार नलकटुवा पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ना १२ प ४९७१ नम्बरको मोटरसाईकल चालक पर्सा जिल्ला कालिकामाई गा.पा. वडा नं. ५ बस्ने वर्ष ४३ को दिपेन्द्र गिरीलाई खानतलासी गर्दा निजले लगाएको ज्याकेटको गोजीमा लुकाई छिपाई राखेको अवस्थामा नलकटुवा पेस्तोल १ थान फेला परेको जिप्रका पर्साले जनाएको छ ।
गिरी संगै मोटरसाइकल पछाडी सवार पोखरीया न.पा. वडा नं. ९ बस्ने अं. वर्ष ३७ को शिवपुजन मुखिया समेतलाई नियन्त्रणमा लिई निजहरू विरुद्ध हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ ध्रुव कुमार श्रेष्ठले जानकारी दिनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -