सहारा दैनिक

spot_img
Homeदेशतरकारि बजारको अतिक्रमण महानगरले हटायो

तरकारि बजारको अतिक्रमण महानगरले हटायो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० फागुन ।
बीरगंज महानगरपालिका वडा नं. १६ स्थित कृषि तरकारि बजार, खानेपानी आयोजना तथा सार्वजनिक नहरको अतिक्रमित जग्गा खाली गराइएको छ ।
कृषि तरकारि बजार, खानेपानी आयोजना तथा सार्वजनिक नहरको जग्गा अतिक्रमण गरि बनाएको घर, ग्वास र गुम्ती पसल सहित सार्वजनिक अतिक्रमित जग्गा बिहिवार हटाएर खाली गराएको हो ।
महानगरका मेयर राजेश मान सिंह को निर्देशन पछि भौतिक पुर्वधार अतिक्रमण नियन्त्रण समितिका संयोजक प्रदीप चौरसिया र वडा नं. १६ का वडा अध्यक्ष पशुराम चौरसिया, नगर प्रमुखका सल्लाहकार हरि पोखरेल र नगर प्रहरी प्रमुख हरि प्रसाद भुसाल सहितको टोलीले खाली गराएका हुन ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -