सहारा दैनिक

spot_img
Homeदेशमधेशट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ६ जना घाइते

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ६ जना घाइते

सर्लाही, ९ फागुन (रासस)
सर्लाहीको बरहथवामा आज ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
बरहथवा नगरपालिका–१५, प्रिपाभित्तास्थित बागमती नदीको नहरमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर धनीसमेत रहेका चालक रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ का ५५ वर्षीय जयलाल सहनी र सोही ठाउँका ५० वर्षीय रामनाथ सहनीको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते भएका छ जनामध्ये दुईको अवस्था गम्भीर छ ।
रौतहटबाट सर्लाहीको हजरियातर्फ आएको ट्याक्टर अनियन्त्रित भई बागमती नदीको नहरमा खसेको प्रहरी प्रवक्ता थारुले बताउनुभयो । ट्याक्टरमा लेखिएको नम्बर प्रस्ट नभएको उहाँले जानकारी दिनुभयो ।
ट्याक्टर दुर्घटनामा गढीमाई नगरपालिका–९ बस्ने १२ वर्षीय किसन सहनी, ४८ वर्षीया गर्भी देवी, १७ वर्षीय आकाश सहनी, ४५ वर्षीय सुकल देवी, १६ वर्षीया अञ्चला कुमारी र १८ वर्षीया नितेश सहनी घाइते भएका छन् ।
गम्भीर घाइते आकाश र किसनको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको रौतहटको गौर गरुडामा उपचार भइरहेको प्रहरी प्रवक्ता थारुले जानकारी दिनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -