सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंजमा लगाइएको कर्फ्यू हटाइयो

वीरगंजमा लगाइएको कर्फ्यू हटाइयो

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०९ फागुन ।
वीरगंजमा सोमवार सांझ ५ बजे देखि जारी अनिस्चितकालिन कर्फ्यू आदेश बुधवार राती १० बजे देखि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बुधवार बिहान ६ बजे देखि ११ बजे सम्मको लागी स्थगित गरेको कर्फ्यू आदेशलाई लम्ब्याएर राती १० बजे सम्मका लागी स्थगित गरिएकोमा जिल्ला प्रशासन कार्यालय पर्साले स्थगित भनिएको कर्फ्यू आदेश पुर्ण रुपले हटाइएको सुचना जारी गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बुधवार बेलुका अर्को आदेश जारी गरी फागुन ७ गते सोमवार वेलुका ५ बजे देखि अर्को आदेश नभएसम्मका लागी क्षेत्र तोकी कर्फ्यू आदेश जारी गरिएकोमा हाल स्थिति समान्य हुंदै गएकोले जारी भएको कर्फ्यू आदेश स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क. को उपदफा (५) बमोजिम फागुन ९ गते बुधवार बेलुका १० बजे देखि लागु हुने गरी पुर्ण रुपले हटाइएको उल्लेख छ ।
रौतहट जिल्ला इशनाथ नगरपालिकामा फागुन ३ गते सरस्वती पुजाको मृर्ति विसर्जनको क्रममा दुई समुदाय विच भएको झडपलाई लिएर फागुन ७ गते सोमवार हिन्दु समाजले वीरगंजमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाए पछि अर्को समुदायले पनि वीरगंजमा प्रदर्शन सहित तोडफोडमा उत्रिए पछि भएको झडप पश्चात स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन सोही दिन सांझ ५ बजे देखि अनिस्चितकालिन कर्फ्यू आदेश जारी गरेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -