सहारा दैनिक

spot_img
Homeदेशमधेशवीरगंजमा ४ घण्टाको खुकुलो पश्चात पुनः कर्फ्यू

वीरगंजमा ४ घण्टाको खुकुलो पश्चात पुनः कर्फ्यू

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०८ फागुन ।
सोमवार सांझ ५ बजे देखि वीरगंजमा जारी कर्फ्यू मंगलवार बिहान चार घण्टा खुकुलो पारेर पुनः कडा पारिएको छ ।
रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा सोमवार एक समूहले वीरगंजमा विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाए पछि अर्को समुहले सडकमा प्रदर्शन सहित तोडफोडमा उत्रिए पछि प्रहरी संग भएको झडप पश्चात स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय पर्साले सोमवार साँझ ५ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो ।
सर्वसाधारणको सहजताका लागि मंगलवार बिहान ६ देखि १० बजेसम्मका लागि खुकुलो पारिएको कर्फ्यू १० बजे पश्चात पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सुचनामा उल्लेख छ ।
सोमवार देखि जासी वीरगंज महानगर अन्तरगत पूर्वमा नगवा, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यू (निषेधाज्ञा) लागू हुने सूचनामा उल्लेख छ ।
निषेधाज्ञा जारी क्षेत्रमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुन लगायत उच्छृंखल गतिविधि गर्नमा रोक लगाइएको छ ।
कर्फ्यू आदेशका कारण वीरगंजमा सुरक्षा व्यवस्था कडा पार्दै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
वीरगंज महानगर अन्तरगत माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्र, नगवा लगायत मुख्य चोक तथा गल्लीहरुमा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -