सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०६ फागुन ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपाल अन्तर्गत एरिया नम्बर ३ को एरिया मिट सम्पन्न भएको छ ।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपालका एरिया चिफ पिएमजेएफ लायन उमेश शर्माको अध्यक्षतामा आयोजित एरिया मिट सम्पन्न भएको हो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन एवं एलसिआइएफ कोर्डिनेटर लायन डा.रमेश अग्रवाल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफm लायन डि.एन.अग्रवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यत्रममा लायन्स क्लबका पुर्व डिष्ट्रीक्ट गभर्नरद्वय लायन डा.आर.पी.खेतान, लायन राजकुमार सिंधि, क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, क्याबिनेट ट्रेजर लायन रामबिहारी पाण्डे, डिष्ट्रीक्ट एक्ज्यूकेटिभ चिफद्वय लायन प्रकाश बाहेती, लायन सन्दिप केडिया लगायतले पनि मन्तब्य व्यक्त गरेका थिए ।
सो अवसरमा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपालको आगामी अप्रिल महिनामा वीरगंजमा हुन लागेको डिष्ट्रीक्ट कन्भेन्सनमा द्वितीय उपाध्यक्ष पदको लागि लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसको तर्फबाट लायन उमेश साह कानु र लायन्स क्लब अफ वीरगंज गेटवेको तर्फबाट लायन रामबिहारी पाण्डले आ–आ–नो उम्मेदवारी घोषणा गरेका छन ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रीक्ट ३२५ एस नेपालका एरिया सेक्रेटरी लायन श्याम गुप्ताले गरेका थिए ।
लायन्स क्लबको एरिया मिट सम्पन्न
Facebook Comments Box