सहारा दैनिक

spot_img
Homeदेशमधेशइशनाथ नगरपालिकामा क्षेत्र विस्तार सहित कर्फ्यू निरन्तर

इशनाथ नगरपालिकामा क्षेत्र विस्तार सहित कर्फ्यू निरन्तर

राधेश्याम साह–––––––––––––––
गौर, ०६ फागुन ।
रौतहट जिल्ला इशनाथ नगरपालिकामा जारी कर्फ्यूको क्षेत्र विस्तार गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले आइतवार आदेश जारी गर्दै शनिवार सांझ ५ बजे देखि लगाइएको अनिश्चित कालिन कर्फ्यू आदेशलाई क्षेत्र विस्तार गरी निरन्तरता दिएको हो ।
फागुन ५ गते सरस्वती पुजाको मुर्ति विसर्जन गर्ने क्रममा हिन्दु–मुस्लिम समुह विच एक आपसमा ढु· र लाठी हानाहान तथा दोहोरो झडपबाट उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिइ शान्ति सुरक्षा कायम गर्न शनिवार सांझ ५ बजे देखि जारी गरिएको कर्फ्यू आदेश र परिस्थितिको विशलेसन गर्दा इशनाथ नपा अन्तरगत वडा नं. २,३,४,५,६ र ७ मा तोकिएको चारकिला भित्र कर्फ्यू आदेश जारी रहने उल्लेख गरेको छ ।
शनिवार इशनाथ नपा वडा नं. ६ र ७ को विभिन्न क्षेत्र भित्र लगाइएको कर्फ्यू आइतवार वडा नं. २,३,४,५,६ र ७ तोकेर क्षेत्र विस्तार गर्दै पुर्वमा बन्जराहा मोड (हनुमान मन्दिर) पश्चिममा सानो घिउरा गाउ, उत्तरमा रामपुरखाप एपिएफ विओपी देखि दक्षिण जमिम अख्तरको बोरि· सम्म र दक्षिणमा एपिएफ बिओपि औरैया देखि जयनगर सम्मको क्षेत्र उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनबाट जारी आदेशमा तोकिएको क्षेत्र भित्र आवत जावत गर्न, भेला हुन, हाबिर हिडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न एवं एक अर्काको धार्मिक आश्था र स्थलहरुमा आंच आउने तथा कानुन विपरितको कुनै पनि प्रकारको उछृंखल र अराजक गतिविधि गर्न नपाउने गरी कर्फ्यू आदेशको क्षेत्र विस्तार गरी पुनः कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।
यो आदेशको वर्खिलाप भएमा कानुन बमोजिम कडा कारवाही हुने उल्लेख गरिएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -