सहारा दैनिक

spot_img
Homeसमाचारअसक्त वृद्धालाई व्हिल चेयर प्रदान

असक्त वृद्धालाई व्हिल चेयर प्रदान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २३ माघ ।
लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमी र विजयपथले लामो समयदेखि शारीरिक रुपले असक्त रहेकी एकजना वृद्धालाई व्हिल चेयर प्रदान गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर स्थित सेस्मी ईन्टरनेशनल स्कुल परिसरमा मंगलवार एक कार्यक्रम विच वीमनपा वडा नं. २४ निवासी सुबेदा अन्सारीनलाई एक थान व्हिल चेयर प्रदान गरिएको लायन्स क्लब अफ वीरगंज सेस्मी एकेडेमीकी अध्यक्ष लायन मेहर यादवले जानकारी दिनु भयो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनलका पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन एवं एलसिआइएफ कोर्डिनेटर लायन डा.रमेश अग्रवाल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन डि.एन.अग्रवाल, पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन डा.रमेश अग्रवाल, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बासु तिमिल्सिना, एरिया नम्बर ३ का एरिया चिफ पिएमजेएफ लायन उमेश शर्मा, एरिया ट्रेजर लायन आश्मा सिंह यादव, पुर्व डिष्ट्रिक्ट डेपुटी ट्रेजर लायन उमेश साह कानु, लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीकी अध्यक्ष लायन सलमा खातुन लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -