सहारा संवाददाता–––––––––––––––
वीरगंज, २२ पुस ।
पर्सा प्रहरीले लागु औषध गाँजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ भने गाँजा खेती समेत नष्ट गरेको छ ।
बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया र फ्रहरी चौकी महुवनबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने त्रममा गण्डकबाट लागु औषध गाँजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको हो ।
संयुक्त प्रहरी टोलीले शनिवार साढे ९ बजेको समयमा पर्सा जिल्ला सखुवाप्रसौनी गाउपालिका वडा नं.५ महुवन चोक स्थित गण्डक अन्तरगत जानकीटोला जाने नहरको सडकखण्डमा देवरीया तर्फ जादै गरेको बा.प्र.०३–००१ च.१५४०नं.को पिकअपलाई रोकेर चेकजाँच गर्दा चालकको सिटमुनी लुकाई छिपाई राखिएको लागु औषध गाँजाको धुलो प्लाष्टिकमा टेपले बेरीएको ४२ पोका अन्दाजी ४२ किलो फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले गाँजाको धुलो फेला परे पछि पिकअप चालक मकवानपुर जिल्ला भिमफेदी गा.पा.वडा नं.९ स्यारसे बस्ने बर्ष ३४ को सुमन ब्लोन र पर्सा जिल्ला पटेर्वासुगौली गा.पा. वडा नं. ४ बस्ने बर्ष ४० को बिनोद राम समेतलाई नियन्त्रणमा लिईएको जिप्रकाले जनाएको छ ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरियामा ल्याएर लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
त्यसै गरी सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्सा र इप्रका ठोरीबाट खटिएको संयुक्त टोलीले गाँजा खेती नष्ट गरेको छ ।
प्रहरी टोलीले ठोरी गापा वडा नं. ५ स्थित ठोरी र सुवर्णपुरमा २ कठ्ठा जग्गामा अवैध रुपले लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरिएको जिप्रकाले जनाएको छ ।