मुलुकको दैनीय आर्थिक अवस्था, वेरोजगारी समस्या, युवाको विदेश पलायन विकराल रुप धारण गरिरहेको अवस्था एका तिर छ भने मुलुकको राजनितिक अस्थिरता कायम रहंदा २०६३ सालमा जुन वाचा गरेर दलहरुले २०६२/०६३को आन्दोलनको माग विपरित मुलुकलाई संघीय लोकतान्त्रीक, गणतन्त्रात्मक व्यवस्था तर्फ मुठ्ठीभर नेताहरुले उनमुख गराए त्यस अनुरुप हुन नसक्दा अब गणतान्त्रीक सरकारले जनताको टाउकोको मुल्य तोकेर त्रास सृजना गर्न पुगेको अभास हुन थालेको छ ।
जनताको शासन रुपी गणतान्त्रीक व्यवस्थामा पछिल्लो केही घटना क्रमले सरकारको निति जनताको अवाज दबाउन हत्या हिंसामा उत्रेको भान हुन थालेको हो ।
रोजगारीको लागी परिक्षा आवेदन दिन नपाएको विरोधमा आन्दोलन गर्दा ललितपुरको बालकुमारीमा प्रहरीबाट भएको दुई वेरोजगार युवाको हत्या र शुक्रवार मात्रै सर्लाही जिल्ला स्थित बरहथवामा अस्पताल व्यवस्थापन सम्बन्धमा सक्ताधारी दलकै कार्यकर्ताहरुले मचाएको हुर्दुमका त्रममा प्रहरीले “छोरी कुटेर बुहारी तर्साउने’ भनाइ अनुरुप सर्वसाधारण युवकको टाउकोमा गोली प्रहार गरी हत्या गरेर हुर्दुम मचाउनेहरुलाई तितर वितर पार्ने प्रयास गरेको जुन घटना छ त्यसले सरकारको निति जनताको अवाज दवाउने भएको भन्ने प्रस्ट देखिन्छ ।
अर्को अर्थमा भन्ने हो भने मुलुकको वर्तमान जर्जर अवस्थाबाट आम जनता, उद्योगी व्यवसायी, पेसाकर्मी लगायत आजित भएको अवस्था उत्पन्न भएको छ र मुलुकमा वर्तमान व्यवस्था उल्टाउने अवाज उठ्न थालेको छ ।
अहिले जता ततै गणतन्त्र विरुद्ध अवाजले बुलन्दता पाइरहेको अवस्थामा यी गणतन्त्रवादी दलहरुले आत्तिएर अर्थात अर्को भाषामा भन्ने हो भने बोखलाहटमा हत्या हिंसा तर्फ उनमुख भएको समेत भान हुन थालेको छ ।
सरकारी गतिविधिको समान्य विरोध गर्दैमा निहत्ता जनतालाई गोली र बन्दुकको कुन्धाले मार्ने र ज्यानको मुल्य रु. १० लाख तोक्ने जुन सरकारको पछिल्लो चरित्र देखियो त्यसले छरप्रष्ट के हुन्छ भने जनताले तिरेको करको पैसाले जनताको ज्यान लिने र त्यसैबाट त्यसको मुल्य तिर्ने तथा जनताको अवाज थिच्ने निति सरकारले लिएको पनि पुष्टि हुन्छ ।
तशर्थः गणतान्त्रीक सरकार अर्थात व्यवस्थाको विकल्प तर्फ अब आम जनता, वुद्धिजिवी वर्ग, उद्योगी व्यवसायी, पेसाकर्मी, युवाहरुको अग्रसरता अवस्यभावी नभए मुलुक नै रहने हुन वा होइनन् भन्ने अवस्था पर देखिदैन ।
हत्या, हिंसामा उत्रियो सरकार
Facebook Comments Box