सहारा दैनिक

spot_img
Homeसमाचारदेशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नुपर्नेमा प्रधानसेनापतिको जोड

देशको राष्ट्रिय अखण्डता अक्षुण्ण राख्नुपर्नेमा प्रधानसेनापतिको जोड

काठमाडौँ, ११ पुस (रासस)
राष्ट्रिय सेवा दलबाट प्रशिक्षित पूर्वविद्यार्थीको संस्था ॅएनसिसी एल्मुनाइ एशोसिएसन नेपाल’को छैटौँ वार्षिकोत्सवका अवसरमा आज ॅयुवासँग प्रधानसेनापति’ कार्यक्रम आयोजना गरियो ।
त्यस अवसरमा प्रधानसेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सहसंरक्षक प्रभुराम शर्माले राष्ट्रिय सेवा दलले युवा वर्गलाई अनुशासित, नैतिकवान, इमान्दार र बफादार बनाउन, नेतृत्व क्षमता विकास, राष्ट्रियता एवं राष्ट्रिय एकताको भावना जागृत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
प्रधानसेनापतिले हाल देशका ७७ वटै जिल्लामा राष्ट्रिय सेवा दल विस्तार भई प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको र हालसम्म ६८ हजार नौ सय ७२ जनाले तालिम लिइसकेका जानकारी दिनुभयो ।
समाजमा व्याप्त विकृति, बेथिति र पछौटेपनलाई निर्मूल गरी सुसंस्कृत, सभ्य समाज निर्माणमा संस्थाको महत्वपूर्ण भूमिका रहने बताउँदै प्रधानसेनापति शर्माले नेपाल सरकारका विभिन्न निकाय, स्थानीय तह, कानुन कार्यान्वयन गर्ने निकाय, सामाजिक संघसंस्थासँगको सहकार्य एवं समन्वयमा संस्थाले थुप्रै सृजनशील काम गरिरहेको उल्लेख गर्नुभयो । नेपालको संविधानले नेपाली सेनालाई दिएको नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने जिम्मेवारी राष्ट्रिय सेवा दलका छात्रछात्राहरुको पनि हो भन्नुभयो ।
एशोसिएसनका प्रमुख सल्लाहकार निगम हुमागाईंले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली जनताको आस्था एवं भरोसाको केन्द्र नेपाली सेनाको छत्रछायामा प्रशिक्षित भई सेनाकै विभिन्न युनिटसँग हातेमालो गर्दै राष्ट्रसेवाको पथमा सक्रिय हुन पाएकामा गौरवान्वित भएको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -