सहारा दैनिक

spot_img
Homeदेशमधेशभोजपुरी सिने अवार्ड वितरण समारोह आयोजना हुने

भोजपुरी सिने अवार्ड वितरण समारोह आयोजना हुने

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ११ पुस ।
वीरगंजमा भोजपुरी सिने अवार्ड वितरण समारोह आयोजना हुने भएको छ ।
लायन्स क्लब वीरगंजको स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसंगको सहकार्यमा पहिलो पटक भोजपुरी सिने अवार्ड वितरण समारोह आयोजना गर्न लागिएको हो ।
वीरगंज स्थित नगर सभा गृहमा पुष १३ गते भोजपुरी सिने अवार्ड वितरण समारोह आयोजना गरिने भएको हो ।
लायन्स क्लब वीरगंजले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि भोजपुरी लायन्स क्लब वीरगंजको स्वर्ण जयन्तीका अवसरमा नमस्ते इन्टरटेन्मेन्ट नेपालसंगको सहकार्यमा भोजपुरी सिने अवार्ड वितरण समारोह आयोजना गर्न लागिएको लायन्स क्लब अफ वीरगंज स्वर्ण जयन्ती समारोहका संयोजक अशोक वैद्यले जानकारी दिनु भयो ।
सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा काम गर्दै आएको लायन्स क्लब अफ वीरगंजले नेपालको चलचित्र क्षेत्रका कलाकारहरुको सम्मान गरी उनीहरुको अभिनय कलालाई थप प्रोत्साहन गर्नका लागि भोजपुरी सिने अवार्ड वितरण समारोहको आयोजना गर्न लागिएको संयोजक वैद्यले बताउनु भयो ।
नेपाल चलचित्र बोर्डमा दर्ता भएका चलचित्रमा अभिनय गर्ने कलाकारहरुलाई लक्षित गरी अवार्ड प्रदान गरिने नमस्ते नेपाल इन्टरटेन्मेणन्टका प्रमुख एंव भोजपुरी चलचित्रका नायक प्रदेशी साहले बताउनु भयो ।
भोजपुरी भाषाको बाहुल्यता रहेको वीरगंजमा भोजपुरी चलचित्र र त्यसमा अभिनय गर्ने कलाकारहरुको पहिचानको लागि पनि सिने अवार्डको आयोजना गर्न लागिएको उहाले बताउनु भयो ।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसी, वरिष्ठ अभिनेता नीर शाह लगायतका कलिउडका कलाकारहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
वीरगंज मै धेरै भोजपुरी कलाकारहरुले योगदान गरेपनि उनीहरुले समाजमा अहिले सम्म सम्मान पाउन नसकेको र भारतीय बजारमा नेपाली भन्ने र नेपाली बजारमा भोजपुरी भाषी कलाकारहरुको योगदानको खासै कदर नगरिएपछि लायन्स क्लब अफ वीरगंजको पहलमा कार्यक्रमको आयोजना गर्न लागिएको साहले बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -