सहारा दैनिक

spot_img
Homeदेशअवैध कपडा बरामद

अवैध कपडा बरामद

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १४ मंसिर ।
भंसार राजस्व छलि गरि नेपाल भित्रियाइएका लत्ता कपडा तथा हार्डवेयरका सामानहरु सशस्त्र प्रहरी बल नेपालले महोत्तरीबाट बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथुरबाट खटिएका टोलीले महोत्तरी जिल्ला सोनमा गाउपालिका वडा नं.३ रघुनाथपुर सीमा क्षेत्रबाट रु. ८ लाख मुल्य बराबरको लत्ता कपडा तथा हार्डवेयरका सामानहरु बरामद गरेको हो ।
प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक महेश खरेलको कमाण्डमा खटिगएको फूट पेट्रोल टोलीले जाडो समयमा लगाउने लत्ता कपडाहरु र हार्डवेयरको सामान बरामद गरिएको जनाइएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -