सहारा दैनिक

spot_img
Homeदेशमधेशप्रधानाध्यापक सरार्फको हत्यामा संलग्न आशंकामा एक पक्राउ

प्रधानाध्यापक सरार्फको हत्यामा संलग्न आशंकामा एक पक्राउ

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ कार्तिक ।
कलैयास्थित बाल एकता इङिलस बोर्डि· स्कुलका प्रधानाध्यापक रुपेश सरार्फको हत्यामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन ।
सोमवार दिउसो करिव १ बजे बजारबाट कलैया उपमहानगरपालिका स्थित मर्दसा टोलमा रहेको आफ्नो स्कुल तर्फ जांदै गरेको अवस्थामा अज्ञात समुहको गोली प्रहारबाट गम्भिर घाइते भएका सर्राफको उपचारको क्रममा मृत्यु भएको छ ।
बजारबाट खाजा लिएर स्कुल जाने क्रममा दुई मोटरसाइकलमा रहेका चार जनाले पछ्याउदै स्कुल नजिक पुगे पछि सर्राफलाई घेरा हालेर उनी उपर गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट गम्भिर घाइते सर्राफलाई तत्काल कलैया अस्पताल हुंदै वीरगंज स्थित मेडिसिटी बयोधा अस्पतालमा पुर्‍याउदा उपचारको क्रममा मृत्यु भएको छ ।


सो घटनाको अनुसन्धानको क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको बुझिन आएको भए पनि प्रहरीले भने अधिकारिक जानकारी दिएको छैन ।
प्रहरी श्रोतका अनुसार हत्याराहरुले सर्राफलाई गोली प्रहार गरे पछि निजको मोबाइल पनि लगेका छन ।
जिल्ला प्रहरी कार्यालय बाराले भने घटनाबारे गम्भिर अनुसन्धान तथा हत्याराको खोज तलास भइ रहेको छ ।
हत्या किन भएको भन्ने समेत नखुलेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -