सहारा दैनिक

spot_img
Homeदेशमधेशअधिकार प्राप्तिको अन्तिम लडाइँ बांकी नै छ–यादव

अधिकार प्राप्तिको अन्तिम लडाइँ बांकी नै छ–यादव

सप्तरी, १२ कात्तिक (रासस)
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजकिशोर यादवले पहिचान र अधिकार प्राप्तिको अन्तिम लडाइँ आवश्यक भएको बताउनुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरी कार्यालय राजविराजमा आज भएको कार्यकर्ता भेटघाटमा नेता यादवले पहिचान र अधिकार सुनिश्चितताको लागि अन्तिम लडाइँ लड्न अझै बाँकी नै रहेको बताउनुभयो ।
देशको समग्र विकासका लागि एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले पार्टी स·ठन निर्माणमा पनि उत्तिकै इमान्दारीका साथ लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेता यादवले मधेसी, आदिवासी जनजाति, थारू, दलित, मुस्लिम, महिला, पछाडि परेको क्षेत्रको खसआर्य, अल्पसंख्यक समुदायलगायत अन्यायमा परेका समुदायको हकअधिकार स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -