सहारा संवाददाता–––––––––––––––
वीरगंज, १२ कार्तिक ।
चोरीको चार मोटरसाइकल सहित एक जना र घरको ताल्चा फोडी चोरी गर्ने दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त टोलीले मोसा चोरी गर्ने र घरमा चोरी गर्ने सहित तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगंज महानगरपालिका वडा नं.१० स्थित सडकखण्डमा ना.५४ प ४७२४ नम्बरको र प्रदेश २–०३–०२२ प ९२७२ नम्बरको मोटरसाईकल पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडेर चोरी गरी लगेको सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा नारायणी अस्पताल वीरगंजको पार्किङ स्थलबाट वी.म.न.पा.वडा नं. १६ को अजय गोसाईले प्रदेश २–०३–०२२ प ९२७२ नम्बरको मोटरसाईकल चलाएर जान लागेको अवस्थामा निजलाई पक्राउ गरेको जिप्रकाले जनाएको छ ।
निजलाई पक्राउ गरेकै स्थानबाट अन्य चोरी भएका ३ मो.सा.समेत बरामद भएको जिप्रकाले जनाएको छ ।
निजबाट प्रहरीले प्रदेश २–०३–०२२ प ९२७२, ना.५४ प ४७२४, ना.३६ प ९८५३ र ना.६४ प ३९०६ नम्बरको मो.सा. बरामद गरेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी सर्लाही जिल्ला हरिवन न.पा.वडा नं.१ जानकीनगर घर भई हाल वीरगंज महानगरपालिका वडा नं.५ स्थित घरकोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशै मनाउन सम्पूर्ण परिवारका सदस्यहरू साथमा लिई सर्लाही हरिवन न.पा.वडा नं.१ आफ्नो पुर्खौली घर गएको मौका छोपेर कार्तिक ८ गते कोठाको ताल्चा फुटाई सुन चाँदीका गर–गहाना तथा नगद समेत गरी अं.मू.रू.१० लाख बराबरका मालबस्तुहरू चोरी भएको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरी टोलीले शनिवार वीमनपा वडा नं. १६ निवासी पवन यादव र शेख मख्खुलाई नियन्त्रणमा लिइ खानतलासी गर्दा चोरीमा संलग्न मध्येका ३२ वर्षीय शेख मख्खुको साथबाट चोरी भएको सुन जस्तो देखिने धातुबाट बनेको औठी २ थान, सुन जस्तो देखिने धातुबाट बनेको चन्द्रमाको कभर १ थान, सुन जस्तो देखिने धातुको डल्लो १ थान, मंगलसुत्र १ थान, कानको टप १ थान, चाँदी जस्तो देखिने धातुबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको सांचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र रू.१५ हजार नगद फेला परेको ज्रिकाले जनाएको छ ।
पक्राउ परेका तीनै जना उपर चोरी सम्बन्धि कसुरमा कारवाही तथा अनुसन्धान भइ रहेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ कुमार विक्रम थापाले जानकारी दिनु भयो ।
चोरीको चार मो.सा. सहित घरको ताल्चा फोड्ने तीन पक्राउ
Facebook Comments Box