सहारा दैनिक

spot_img
Homeदेशकोशीकोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रमाणसहित उपस्थित हुन आहृवान

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रमाणसहित उपस्थित हुन आहृवान

विराटनगर, २६ असोज (रासस)
कोशी प्रदेशकोमुख्यमन्क्री नियुत्तिका लागि शनिबार बिहान ८ बजेदेखि २ बजेसम्म परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखको कार्यालयले आहृवान गरेको छ ।
मुख्यमन्त्री पदका लागि बिहीबार नेपाली कांग्रेसका तर्फबाट निर्वाचितप्रदेशसभा सदस्य केदार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले ४७/४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गर्नुभएको थियो ।


प्रदेश प्रमुख परशुराम खापु·ले मुख्यमन्त्री पदका लागि असोज २० गते गर्नुभएको आहृवानमा दुई सदस्यले दाबी पेश गर्दा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर दोहोरिएपछि शनिबार परिचय खुल्ने प्रमाणसहित उपस्थित हुन आज विज्ञप्तिमार्फत आहृवान गर्नुभएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -