spot_img

मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन निर्देशन



काठमाडौँ, २६ असोज (रासस)
प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय मानवअधिकार आयोगको काम कारबाही प्रभावकारी बनाउन पर्याप्त साधन, स्रोतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
आज बसेको बैठकमा समिति सभापति विमला सुवेदीले संविधान र कानुनले राष्ट्रिय मानवअधिकार आयोगलाई दिएको जिम्मेवारी एवं आयोगको काम–कारबाहीलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको बताउनुभयो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई परिमार्जन गर्न आफूले सहयोग गर्ने बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार आयोगले जातीय भेदभावविरुद्ध राज्यका तीनवटै तहका सरकारलाई जिम्मेवार बनाउने प्रयास गरेको बताउनुभयो । आयोगका सदस्य डा सूर्यप्रसाद शर्मा ढु·ेलले राष्ट्रिय मानवअधिकार संस्थाको ग्लोबल सङ्ठन (गानहारी)मा ॅए स्ट्याटस’ प्राप्त गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । आयोग स्थापनाकालदेखि ॅए स्ट्याटस’ रहेको उल्लेख गर्दै उहाँले त्यसैलाई कायम राख्नुपर्नेमा जोड दिनुभयो ।


आयोगका सदस्य लिली थापाले लै·िक तथा अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गर्नका लागि समितिले लै·िक नीतिमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । आयोगका (कामु) सचिव मुरारीप्रसाद खरेलले आयोगले मानवअधिकारका विषयलाई मात्रै नहेरी वातावरणीय न्याय र डिजिटल अधिकार र सुरक्षालगायतका विषामा पनि वकालत गरेको बताउनुभयो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले मानवअधिकार आयोगले आफ्नो गल्तीको ढाकछेप गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले निर्मला पन्तजस्ता विषयमा आयोगले केही चासो नदिएकामा दुःख व्यक्त गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले राष्ट्रिय मानवअधिकार आयोगले गलत रिपोर्ट पेस गरेर जबर्जस्ती ॅए स्ट्याटस’मा आयोगलाई राख्न खोजेको आरोप लागाउनुभयो । नेपाली कांग्रेसका सांसद जीवन परियारले दलित समुदायको विषयलाई मानवअधिकार आयोगले प्राथमिकता नदिएको बताउनुभयो ।

Facebook Comments Box
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर