सहारा दैनिक

spot_img
Homeदेशमधेशमलंगवामा अब निषेधाज्ञा राति मात्र

मलंगवामा अब निषेधाज्ञा राति मात्र

सहारा संवाददाता–––––––––––––––
मलंगवा, ०८ असोज ।
सर्लाही जिल्ला सदरमुकाम मलंगवामा विगत पाँच दिनदेखि लगाइएको निषेधाज्ञा अब दिउसोलाई निष्कृय गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले २४ घण्टा लगाउदै आएको निषेधाज्ञा अब दिउसोलाई निष्कृय गरेर रातिलाई भने यथावत राखिएको हो ।
सोमवार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउसोको समयमा हटाउने र राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।
गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलंगवामा दुई समुदायबीच झडप भएपछि गत बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
बिहीबार रातिदेखि अशान्त बनेको मलंगवामा अवस्था समान्य हुंदै गएपछि सोमवार देखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टांस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताउनुभयो ।
निषेधाज्ञा हटाइए पनि मलंगवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरुपमा बन्द छन् । स्थानीय व्यापारीक संघसंगठनले बजार खोल्न अहृवान समेत गरेका छन् ।
निषेधाज्ञा हुंदा पनि घटना हुन थालेपछि आइतबार दिउसो देखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो ।
गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा बिहीबार घरको छतबाट अर्को पक्षले ढुंगा प्रहार गरेको थियो । ढुंगा लागेर सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट सख्त घाइते भएका मलंगवा नगरपालिका वडा नं. ७ निवासी रुपेशकुमार यादवको वीरगंजमा उपचार भइरहेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -