सहारा दैनिक

spot_img
Homeदेशमधेशबैभव वीरगंज बनाउछु–मेयर सिंह

बैभव वीरगंज बनाउछु–मेयर सिंह

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असोज ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नियम कानुन भित्र रहेर बैभव वीरगंज बनाउने अभियानमा जुटेको बताउनु भएको छ ।
रेडियो बीरगंज तथा टिभी बीरगजको जनता जानेके चाहता कार्यक्रममा मेयर सिंहले माटो पेलेर तेल ननिस्कने बताउदै बैभव वीरगंज बनाउने अभियानमा जुटेको बताउनु भएको हो ।
उहाले अबको ३ बर्ष ९ महिना भित्रै नमुना वीरगंज होईन, बैभव वीरगंज बन्ने दावी गर्दै गाउँ नपस्नेहरुले गाउँको विकास भएन भनेर सामाजिक संजाल लगायतका भित्ताहरु रंग्याउने गरेको आरोप लगाउनु भयो ।
उहाले त्यस्ता व्यक्तिलाई वीरगंज महानगरपालिका वडा नम्बर १७ देखि ३२ सम्म पस्न आग्रह पनि गर्नु भयो ।
महानगरपालिकाको ग्रामिण क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर आफू अगाडी बढेको बताउदै मेयर सिंहले आफ्नो कार्यकालमा भ्रष्टाचार र अनियमिता भयो भन्नेहरुलाई अख्तियार बोलाएर अनुसन्धानका लागि फाईल लैजान चुनौती पनि दिनु भयो ।
उहाँले आफ्नो १५ महिने कार्यकालमा भए गरेका कामका सम्पूर्ण फाईलहरु र निवर्तमान मेयर विजय सरावगीको कार्यकालको फाईलहरु पनि अख्तियारमा लगेर परिक्षण गर्न चुनौती दिदै जसले भ्रष्टाचार गरेको छ त्यसलाई कारवाही हुनु पर्छ भन्नु भयो ।
मेयर सिंहले हाल दैनिक ज्यालादारी र डोर हाजिरमा कार्यरत ४ सय ९० जना कर्मचारी हटाईएको बताउदै ३२ वडामा वडा अध्यक्षले ५/५ जना सफाई कर्मी, १ जना ड्राईभर, १ जना कम्प्यूटर अपरेटर र १ जना कार्यालय सहयोगी गरी २ सय ५६ जना नियुक्त गरेको बताउदै आफूले कसैको दवावमा कर्मचारी नियुक्ती नगरेको र अहिले कर्मचारी हटाउँदा सबै भन्दा बढी प्रभाव नगर प्रहरी र दमकलमा परेको बताउनु भयो ।
उहाले विपक्षी तथा वीरगंजका २/४ जना पत्रकारले आफूलाई आरोप लगाउदै आएको बताउदै आरोपले आफू उल्टै मजबुद हुने र उर्जा प्राप्त हुने दावी गर्नुभयो ।
आफू कहिल्यै पछाडी फर्केर नहेर्ने बताउदै मेयर सिंहले आफू व्यापारी नभई जनताको सेवक रहेको बताउनु भयो ।
महानगरका ३२ वडामा फोहोर उठाउने ट्याक्टर नभएको अवस्थामा रकम जुटाएर ट्याक्टर खरिद गरिएको बेला त्यसैलाई भ्रष्टाचार भन्ने पूर्व व्यापारी मेयरले नाफा घाटा हेरेको बताउँदै जनताको सेवकले जनताको दुःख मात्रै हेर्ने दावी पनि उहाले गर्नु भएको छ ।
वीरगंजको विकास सँगै शिक्षा, स्वास्थ्यलाई प्रमुख एजेण्डा बनाउदै आफू अगाडी बढी रहेको बताउदै उहाले नारायणी अस्पताल सहितका वीरगंजका अस्पतालहरुको सुधारमा महानगरपालिका सकृय भएको बताउनु भयो ।
शिक्षा र स्वास्थ्य क्षेत्रका माफियातन्त्रलाई जरै देखि उखेल्न आफू लागि परेको बताउदै सर्वसुलभ गुणस्तरीय स्वास्थ्य र शिक्षाको व्यवस्थापनमा महानगर जुटि रहेको पनि बताउनु भयो ।
उहाले नगर क्षेत्रको व्यापार, व्यवसाय, कलकारखानाको लागत निकालेर व्यवसायीसँग कर लिने, घरवहाल करलाई व्यवस्थित गर्ने अभियानमा महानगर जुटि रहेको बताउदै गत आर्थिक बर्ष २०७८/७९ भन्दा २०७९/८० मा ६ करोड बढी राजस्व उठाएको दावी गर्नु भयो ।
बैभव वीरगंज अभियान अन्तरगत नगरको सौन्दर्यकरण, सरसफाई, धार्मिक क्षेत्रको संरक्षण, सम्वर्द्धन, ढलनलको व्यवस्थापनमा महानगरपालिका रात दिन जुटेको बताउदै उहाँले महानगरमा आएका ग्रामिण वडाहरुको वृहत्तर विकासका लागि करोडौ बजेटका योजनाहरु केही संचालनमा छन भने केही आउने अवस्थामा रहेको जानकारी दिनुभयो ।
उहाँले रामजानकी मन्दिरको जग्गामा बाटो नबन्ने दावी गर्दै हल्ला र हावाका पछाडी नलाग्न आग्रह गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -