सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०२ असोज ।
प्रतिबन्धित लागु औषध अनरेक्स सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
विषेश सुचनाको आधारमा लागु औषध व्युरो वीरगंज र प्रहरी चौकी गणेश टोलबाट खटिएको संयुक्त टोलीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
सिमावर्ती भारतीय सहर रक्सौलबाट नेपाल–भारतको मुख्य नाका स्थित रहेको सुरक्षा घेरालाई तोड्न सफल भएर मोटरसाइकलमा भित्रियाइएको लागु औषध सहित लागु औषध व्युरो वीरगंज र प्रहरी चौकी गणेश टोलको संयुक्त टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित वैष्णो देवी मन्दिर अगाडी बाइपास सडकबाट नियन्त्रणमा लिएको हो ।
मुख्य नाकामा प्रहरी चौकी इनर्वाको दुई चेक प्वाइन्ट (शंकराचार्य द्वार र रजत जयन्ती) लाई लागु औषध सहित बा. ६५ प. ६८०१ को बुलेट मोटरसाइकलमा पार गर्न सफल भएका बागमती प्रदेश राजधानी मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. १५ निवासी विशाल लामा र सुवर्ण लामालाई २३ बोटल प्रतिबन्धित लागु औषध अनरेक्स सहित पक्राउ गरेको हो ।
सिमा क्षेत्रमा रहेका इनर्वा प्रहरी चौकीको दुई घेरा र प्रहरी चौकी इनर्वा गाउको घेरा समेत पार गरेर आएका लामाद्वयलाई वैष्णो देवी मन्दिर अगाडी रोकेर प्रहरी टोलीले चेक जांच गर्दा मोटरसाइकलको साइड बक्स (बडि) भित्र लुकाएर ल्याएको अवस्थामा लागु औषध फेला परे पछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी श्रोतबाट बुझिन आएको छ ।