सहारा दैनिक

spot_img
Homeसमाचारसंगठनको गरिमा जोगाउन निर्देशन

संगठनको गरिमा जोगाउन निर्देशन

काठमाडौँ, १८ भदौ (रासस)
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्ति स्वार्थभन्दा माथि उठेर स·ठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदानपछि आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा उहाँले भन्नुभयो, “व्यक्तिगत स्वार्थभन्दा माथि उठेर स·ठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुहोस् ।”
कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै कठिन परिस्थिति र चुनौतीको समाना गर्न स·ठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै उहाँले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई ध्यान राख्दै स·ठनले कदम चालिरहेको उल्लेख गर्नुभयो ।
उहाँले पदोन्नतिसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशील भई त्रुटिरहित ढ·बाट सम्पादन गर्न पनि निर्देशन दिनुभयो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १३ को निर्णयले ८४ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा हुनुभएको थियो ।
आजको कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । हिजो आइतबार सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको थियो । नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को भदौ १२ गतेको निर्णयले ५६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -