सहारा दैनिक

spot_img
Homeदेशमधेशस्व. थपलिया प्रति श्रद्धाञ्जली अर्पण

स्व. थपलिया प्रति श्रद्धाञ्जली अर्पण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १३ भदौ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगंजका स्व. सप्रउ सुमन थपलियाको १३ औं दिनको पुण्यतिथिमा उनी प्रती श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर १३ गण वीरगंजले बुधवार आयोजना गरेको श्रद्धाञ्जली सभामा उपस्थित सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल लगायतले १३ औं दिनको पुन्यतिथिमा श्रद्धाञ्जली अर्पण गरेका हुन ।
श्रद्धाञ्जली सभामा सशस्त्र प्रहरी महानिरिक्षक अर्यालले संगठनले मात्र नभई देशले नै एक होनहार सपुत गुमाएको बताउनु भयो ।
मृदभाषी एंव मिजासिलो व्यवहारका धनी स्व. थपलिया सशस्त्र प्रहरी बलको अव्वल अधिकृत भएको चर्चा गर्दै महानिरिक्षक अर्यालले थपलियाको अभाव संगठनले सदैव महशुस गर्ने बताउनु भयो ।
श्रद्धाञ्जली सभामा बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह,पर्साका प्रमुख जिल्ला अधिकारी हिरलाला रेग्मी, सशस्त्र प्रहरी बल मधेश प्रदेशका प्रमुख दीपेन्द्र शाह , वीमनपाका उपमेयर इम्तियाज आलम, जगरनाथपुर गाउपालिकाका प्रमुख श्रीकान्त यादव ,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामछिाने , नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.सुवोध गुप्ता, प्रदेश अध्यक्ष अशोक टेमानी, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, कमल चौगाई लगायतले स्व. थपलिया प्रति श्रद्धाञ्जली अर्पण गरेका छन ।
सशस्त्र प्रहरी उपरिक्षक थपलियाको भदौ २ गते ह्रदयघातका कारण मृत्यु भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -