सहारा दैनिक

spot_img
Homeदेशमधेशवडा कार्यालयद्वारा निःशुल्क आँखा परिक्षण

वडा कार्यालयद्वारा निःशुल्क आँखा परिक्षण

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३२ साउन ।
वीरगंज महानगरपालिका वडा नं. ३० स्थित लालपर्सा स्वास्थ्य चौकीमा स्थानीयको निःशुल्क आ“खा परिक्षण गरिएको छ ।
वीमनपा ३० नम्बर वडा कार्यालयले किरण आँखा अस्पतालको सहयोगमा बुधवार आयोजना गरेको निःशुल्क आँखा शिविरमा २५० भन्दा बढि स्थानीयको आ“खा परिक्षण गरिएको छ ।
वडा नं. ३० का वडा अध्यक्ष मनोज यादवको नेतृत्वमा आयोजित शिविरमा परिक्षण गरिएकाहरुलाई निःशुल्क औषधी र चसमा पनि वितरण गरिएको छ ।
शिविरमा लालपर्सा स्वास्थ्य चौकी अन्तरगत स्वास्थ्य संचालन तथा व्यवस्थापन समितिका सायदा खातुन, नारायण प्रसाद चापागाईं, राधेश्याम साह, इन्दु देवी यादव लगायत वडा सदस्यहरुको सकृय सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -