सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३२ साउन ।
बिल बिजक भन्दा बढी खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नं. ८ स्थित घण्टाघर सडकखण्डबाट खुद्रा तथा हार्डवेयर सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको हो ।प्रहरी टोलीले बुधवार राती साढे १० बजे ना.६ ख ७९७६ नम्बरको मालवाहक ट्रकलाई रोकेर जांच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिए पछि उक्त ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीले नियन्त्रणमा लिएको ट्रक सहित खुद्रा तथा हार्डवेयर सामानहरूको अ.मु.रू ५५ लाख ११ हजार ३ सय ३८ मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बिहिवार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रकाले जनाएको छ ।
मालबाहक ट्रक नियन्त्रण

Facebook Comments Box