सहारा दैनिक

spot_img
Homeदेशमधेशएनएमएसआरएको स्थापना दिवशमा रक्तदान

एनएमएसआरएको स्थापना दिवशमा रक्तदान

सहारा संवाददाता–––––––––––––––
वीरगंज, २९ साउन ।
नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) ले आयोजना गरेको कार्यक्रममा १०५ जनालाई रक्तदान गरेका छन ।
एनएमएसआरएको ५४ औ स्थापना दिवशको अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा दुई महिला सहित १०५ जनाले रक्तदान गरेका हुन ।
वीरगंजस्थित कलवार कल्याण समितीको प्रा·णमा आयोजित कार्यक्रममा बिशाल राज गिरी, कृष्णा भट्ट, रामबिश्वास साह कलवार, अशोक कुमार चौधरी, सुरज सर्राफ, बादल कुमार कर्ण, रबिरन्जन प्रसाद कुशवाहा, चिरन्जिबी बोहारा, कृष्णा माली, शशिकान्त ठाकुर, लालबाबु प्रसाद कुशवाहा, निरज कुमार गिरी, गुडु कुमार साह, हिमान्सु गुप्ता, अरबिन्द कुमार साह, श्याम किशोर यादव, अजय चौधरी, हरेन्द्र साह अनुराग गुप्ता, हरेराम चौधरी, निरज प्रसाद श्रीवास्तव, राजेश सोनी, एमडी सक्तार, विकास कुमार गुप्ता, दिपेश चौधरी, खेमराज राय, राजकिशोर महतो धानुक, प्रमेश्वर पुर्वे, राजन कुमार सिंह लगायतकाले रक्तदान गरेका हुन् ।


एनएमएसआरए पर्साद्वारा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।
संघका जिल्ला अध्यक्ष राम गोसाईंको सभापतित्वमा आयोजित रक्तदान कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा मेयर सिंहले युवाहरूले रक्तदान गर्ने बारे गाउ–गाउ सम्म चेतना जागृत गराउनु पर्नेमा जोड दिनु भयो । मन्तव्यका क्रममा मेयर सिंहले वीरगंज व्यवस्थित र सफा सुन्दर बनाउन सबैको साथ र सहभागिताको आवश्यकता रहेको भन्दै त्यसका लागि संघसंग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -