सहारा दैनिक

spot_img
Homeसमाचारजिप दुर्घटनामा चारका मृत्यु

जिप दुर्घटनामा चारका मृत्यु

मुगु २९ साउन (रासस)
मुगु जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो ।
प्रनाउ बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड(२ रिपगाउँका एकै नाम थारका दुई जना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन् । यस्तै गम्भीर घाइतेहरुमा मुगु जिल्ला सोरु गापा(७ सीप गाउँका चालक दिनेश लावड, सोरु(५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन् । त्यस्तै सोरु(६ कै सेरे रोकाया र हुम्ला सिमीकोट(२ का उदीप बोहोरा पनि घाइते भएका छन् । गमगढी बजार र नेपालगञ्ज जान जिप चढेका पाँचजना हुम्लीमध्ये चार जनाको मृत्यु भएको छ ।


सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको बोलेरो जिप सोरु गाउँपालिका(७ चिप्लेगाडामा दुर्घटना भएको थियो । जिप सडकबाट दुई सय मिटर तल खसेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -