सहारा दैनिक

spot_img
Homeखेलकूदसुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ८ असार (रासस)
आइसीसी विश्वकप छनोट, २०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।
जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्याण्ड्वीचको खेल नेपाली समयअनुसार दिउँसो १२ः४५ बजे हुनेछ ।
प्रतियोगिताको सुपर सिक्समा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई नेदरल्यान्ड्सविरुद्धको खेल जित्नै पर्ने हुन्छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल र नेदरल्यान्ड्स हालसम्म दुई पटक भिडे्का छन् । दुवै टोलीले समान एक÷एक जीत हासिल गरेका छन् ।
जारी प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै जिम्बाबे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । अमेरिका लगातार तीन खेलमा पराजित हुँदै सुपरसिक्सको सम्भावनाबाट बाहिरिएको छ । त्यसैगरी जिम्बावे र वेस्ट इन्डिज प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गर्दै सुपर सिक्समा स्थान करिब सुनिश्चित गरिसकेका छन् ।


अब समूह ‘ए’ बाट तेस्रो टोलीको रूपमा नेपाल र नेदरल्यान्ड्समध्येका एक सुपर सिक्समा प्रवेश गर्नेछन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेट पराजित भएको थियो भने दोस्रो खेलमा नेपाललले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको थियो ।
नेदरल्यान्ड्स पहिलो खेलमा जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । यससँगै नेपालको दुई अङ्क छ भने दुई खेल खेल्न बाँकी रहेको नेदरल्यान्ड्सको पनि समान दुई अङ्क नै छ । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ भने नेदरल्यान्डस तेस्रो स्थानमा छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -