spot_img
Homeखेलकूदओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दियो

ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दियो

काठमाडौँ, ८ असार (रासस)
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘ब’को खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ ।
जिम्बावेको बुलवायो क्रिकेट मैदानमा आज भएको खेलमा ओमान ३० दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९८ रनमा समेटियो ।
ओमानका लागि आयान खानले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ६० बल खेल्दै चार चौकाको मद्धतमा ४१ रनको योगदान दिएका हुन् ।
यसैगरी ओमानका जतिन्दर सिंहले २१ तथा फयाज बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङकमा रन बनाउन सकेनन् । ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलङ्काका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिरु कुमाराले तीन विकेट लिए । त्यस्तै कसुन रजितले एक विकेट झारे । श्रीलङ्का अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -