सहारा दैनिक

spot_img
Homeदेशमधेशमहिला तथा किशोरीहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सुरु

महिला तथा किशोरीहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सुरु

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० जेठ ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटि र लायन्स क्लब अफ वीरगंजको संयुक्त आयोजनामा महिला तथा किशोरीहरुका लागि १५ दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सुरु भएको छ ।
बढ्दो महिला तथा बालिका हिंसालाई मध्यनजर गर्दै पर्सा जिल्ला पोखरिया नगरपालिका रानीगंज श्रीसिया स्थित श्री महोवनी पद्म माध्यमिक विद्यालयमा अध्ययनरत बालिकाहरुका लागी बुधवार देखि १५ दिने आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन सत्रमा पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहानले बालिकाहरुलाई आत्मरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउन सहयोग पुग्ने बताउनु भयो ।
मेयर चौहानले किशोरी तथा बालिकाहरुलाई कहिल्यै पनि पुरुषभन्दा कमजोर नठान्न अनुरोध पनि गर्नु भयो ।
उद्घाटन कार्यक्रममा पोखरिया नगरपालिकाकी पुर्व उपमेयर एवं लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटिकी अध्यक्ष लायन सलमा खातुनले यो समाजले महिला तिमी कमजोर हौ, तिमी कसैको इशारमा चल्नुपर्छ भन्ने चिन्तनले महिलालाई कमजोर ठान्ने अवस्था रहेको बताइन ।
उनले यही कमजोरीपनका कारण महिलामाथिको हिंसा, हत्या, बलात्कार जस्ता अपराध भएका छन् । यस्तै सोंचलाई बदल्न महिलाको आत्मबल बढाउन आत्मरक्षा (सेल्फ डिफेन्स) तालिमको आयोजना गरिएको बताइन् ।
उनले तालिमले खासगरी विधि, प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक रुपले तयार रहन तालिमको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा नेकपा एमाले पोखरिया नगर कमिटिका अध्यक्ष विन्ध्याचल ठाकुर, श्री महोवनी पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियार, लायन्स क्लबकी रिजन चेयरपर्सन लायन आश्मा सिंह यादव, डिष्ट्रिक्ट चेयरपर्सन लायन विजय कुशवाहा, सेल्फ डिफेन्स प्रशिक्षक शोएब अख्तर लगायत विद्यालयका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
तालिममा २०० जना बालिकाहरु सहभागी छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -