spot_img
Homeदेशमधेशसडक अतिक्रमण हटाउन डोजर प्रयोग

सडक अतिक्रमण हटाउन डोजर प्रयोग

सहारा संवाददाता–––––––––––––––
वीरगंज, १० जेठ ।
वीरगंज महानगरपालिका वडा नं. २२ मनियारीमा सडक अतिक्रमण गरि निर्माण गरिएका संरचना हटाइएको छ ।
अतिक्रमण गरि बनेका संरचना नहट्दा सडक निर्माणमा अवरोध पुगेकाले महानगरले डोजर लगाएर हटाएको हो ।
गण्डक चोकबाट मनियारी हुंदै हाइवे जोड्ने सडक अहिले धमाधम निर्माणको क्रममा रहेको र सडकमा परेका संरचना नहट्दा मनियारीमा सडक निर्माणमा अवरोध आएपछि महानगरको टोलीले अतिक्रमण गरि बनेका संरचना हटाएको हो ।
मनियारीमा ४ वटा पक्की घर र ३ वटा टहरा भत्काएर बाटो निर्माणमा भइरहेको अवरोध हटाइएको वीरगंज महानगरपालिकाले जनाएको छ । संरचना हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाअध्यक्ष प्रदीप चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको टोलीसहित डोजर परिचालन भएको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -