सहारा दैनिक

spot_img
Homeदेशमधेशनिजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास हुन्छ–प्रम प्रचण्ड

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास हुन्छ–प्रम प्रचण्ड

कलैया, ०७ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताउनुभएको छ ।
उपनिर्वाचनलाई लक्षित गरी बारा जिल्ला महागढीमाईमा विहिवार आयोजित सत्ता गठबन्धन दलहरुको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भयो ।
उहाले विमानस्थलको कामले अब छिट्टै गति लिने बताउदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिए, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउछौं । म तपाईहरू सामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिने छ भन्नु भयो ।
सो अवसरमा नेकपा माओबादी केन्द्रका अध्यक्ष समेत रहेका प्रम प्रचण्डले उहाले गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने र त्यसका लागि गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र प्रवद्र्धन गर्ने सरकारको योजना रहेको बताउनु भयो ।
विद्युतीय सिंचाइ प्रणालीमार्फत् सिँचाइको व्यवस्था गर्ने र उपेन्द्र यादवको नेतृत्वमा यस क्षेत्रको विकासका लागि सरकारले विशेष ध्यान दिने उहाले भन्नु भयो ।
उहाले यसपटक गांठो पार्ने होइन, गांठो फुकाउने राष्ट्रपति पाएका छौं नागरिकता समस्या मधेशको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने बताउनु भयो ।
उपेन्द्र यादव देशको नेता भएको भन्दै संसद्का लागि आवश्यक भएको बताउदै प्रम प्रचण्डले उपेन्द्र यादवले जित्नु भनेको मधेशले जित्नु हो । मधेशले मात्रै नभएर देशले जित्नु हो । संघीय लोकतान्त्रिक गणतन्त्रले जित्नु हो । समग्र परिवर्तनका मुद्दाले जित्नु हो भन्नु भयो ।
संविधान र लोकतन्त्रको रक्षा एवं समृद्धिका लागि यो गठबन्धन बनेको बताउदै उहाले उपेन्द्र यादवलाई जिताएर लोकतन्त्र, संविधान र समृद्धिको बाटो फराकिलो पार्न आम जनतामा अपिल गर्नु भयो ।
सो अवसरमा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं(२ का उम्मेदवार उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जीतेन्द्र सोनाल लगायतले सम्बोधन गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -